१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पत्रकार महासंघको प्रतिष्ठान प्रदेशका सम्पूर्ण सदस्यहरु निर्विरोध, पदाधिकारीमा निर्वाचन हुने

२० चैत, काठमाडाैँ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । आज भएको मनोनयन दर्तामा तोकिएको संख्यामा मात्रै उम्मेद्वारी दर्ता भएपछि सदस्यहरु सवै निर्बिरोध हुनुभएको हो । यसरी निर्बिरोध हुनेहरुमा अशोक घिमिरे, बालकृष्ण भट्ट, मुरारी दुलाल, रामचन्द्र अर्याल, शिवराज रेग्मी, शिवहरी घिमिरे, स्वरुप आचार्य, अनिताकुमारी घिमिरे, सञ्जिता खनाल, रमेश टमट्टा, किशोर चौधरी, राजकपुर महर्जन, दीपेन्द्रकुमार कर्ण, बरकत अलि मिँया (राजु) हुनुहुन्छ ।

अध्यक्षसहित अन्य पदमा भने निर्वाचन हुने भएको छ । प्रतिष्ठान अध्यक्षमा उद्धवकुमार कार्की, खुला उपाध्यक्षमा सरोज कोइराला, महिला उपाध्यक्षमा राधिका जोशी, महासचिवमा कमल राना, सचिव खुलामा सूर्य बराल, सचिव समावेशीमा यसिमा महत, कोषाध्यक्षमा राजीव खत्रीले उम्मेदवारी दिनुभएको छ । यो समुह बरिष्ठ पत्रकार निर्मला शर्मा समुहको तर्फबाट मैदानमा उत्रिएको हो ।

त्यस्तै अर्को समूहको तर्फबाट बालकृष्ण अधिकारी अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ भने उपाध्यक्षमा वीरेन्द्र ओली, महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, महासचिवमा रामकुमार शाही, सचिवमा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा चुनावी मैदानमा उत्रनुभएको छ ।

प्रकाशित मिति : April 2, 2021 at 10:28 am