घाँस काट्न गएका सात किशोरी वेपत्ता
१८ चैत, बर्दिवास। घाँस कट्न भनेर घरबाट निस्किएका सात किशोरी वेपत्ता भएका छन । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका सात किशोरी एकै साथ वेपत्ता भएका हुन । उनीहरू घरबाट घाँस काट्न भनेर निस्किएका थिए । महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यका अनुसार सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकले प्रहरीकोमा जानकारी गराएका छन ।

एसपी आचार्यका अनुसार वेपत्ता हुनेमा भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका १८ वर्षीया नगिना पासवान, १५ वर्षीया रिया पासवान,१८ वर्षीया अस्मिता पासवान, १५ वर्षीया अर्चना पासवान, १० वर्षीया रञ्जना पासवान, १० वर्षीया सीमा पासवान र १३ वर्षीया ज्योती पासवान रहेका छन । प्रहरीले खोजी जारी राखेको भए पनि अहिलेसम्म उनीहरूको अवस्था जानकारी हुन सकेको छैन ।
प्रकाशित मिति : March 31, 2021 at 9:24 am



