भन्सार एजेन्टका लागि सरकारले खोल्यो आवेदन (सूचनासहित)
१६ चैत, काठमाडाैँ । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) लिनका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । सोमबार विभागले सूचना जारी गर्दै ६६० जनाको लागि दरखास्त आह्वान गरेको हो ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएका २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले भन्सार एजेन्टको लाइसेन्स लिनका लागि दरखास्त दिन सक्नेछन् । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता दुवै हुनेछन् । दरखास्त दस्तुर भने ३ हजार रुपैयाँ रहेको विभागले जनाएको छ ।


प्रकाशित मिति : March 29, 2021 at 12:59 pm



