१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

बाग्लुङ घटनाका दाेषिलाई कारबाही गर्न कांग्रेसकाे माग

१६ चैत, काठमाडाैँ । बाग्लुङको बडीगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा आइतबार भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ। दर्लिङ बल्देधुरीमा होली खेल्न भेला भएका युवाहरुबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो।

झडपमा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ। उनीहरुको शव भीरबाट ५०० मिटर तल भेटिएको थियो। कुँवर कांग्रेस बाग्लुङ जिल्ला समितिका सदस्य हुन्।

सोमबार विज्ञप्ति जारी  गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको टिप्पणी गर्नुभएकाे छ । उहाँले घटनाका दोषीलाई तत्काल पक्राउ गर्ने सरकारसँग माग गर्नुभएकाे थियाे। विज्ञप्तिमा उल्लेख छ‚ ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिलतिर योजनावद्ध षड्यन्त्र छ यसको गहिरो अनुसन्धान गर्न तथा दोषीलाई अविलम्ब पक्राउ गर्न कांग्रेस सरकार समक्ष माग गर्छ।’

प्रकाशित मिति : March 29, 2021 at 12:10 pm