१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

अनेमसंघ नुवाकोटको अध्यक्षमा कल्पना न्याैपाने, १२७ सदस्यीय जिल्ला कमिटी गठन

१५ चैत, नुवाकोट । अखिल नेपाल महिला संघ नुवाकोटको नवाैं ज़िल्ला सम्मेलन सम्पन्न भएकाे छ । पार्टी कार्यालय बिदुरमा शनिबार सम्पन्न सम्मेलनबाट कल्पना न्याैपाने पाण्डेकाे अध्यक्षतामा १२७ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ । सम्मेलनबाट जिल्ला कमिटी अध्यक्षमा कल्पना न्याैपाने पाण्डे, उपाध्यक्षमा दुर्गा पुडासैनी, शर्मिला थपलिया र अम्बिका तामाङलाई चयन गरेकाे छ । यसैगरी सचिवमा इन्दिरा प्याकुरेल, काेषाध्यक्षमा शुचि चित्रकार चयन हुनुभएकाे छ ।

नवनियुक्त पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरूलाई कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं अनेमसंघ केन्द्रीय सचिव सुजिता शाक्यले शपथग्रहण गराउनुभयाे । उहाँले इमानदारिताका साथ संगठनका काम गर्न निर्वाचितहरूमा निर्देशन दिनुभयो ।

कार्यक्रममा विशेष अतिथि नेकपा एमाले प्रदेश कमिटिका सचिवालय सदस्य तथा बागमती प्रदेश नेकपा एमाले प्रमुख सचेतक केशवराज पाण्डे, नेकपा एमाले नुवाकाेटका अध्यक्ष तथा बागमती प्रदेश सांसद बद्री मैनाली, अनेमसंघ बागमती प्रदेश सचीव तथा बागमती प्रदेश सांसद सरस्वती बस्नेत, अनेमसंघ केन्द्रीय सचिवालय सदस्य बिन्दा ढुङ्गाना, अतिथिहरू नेकपा एमालेका जिल्ला नेताहरू काशीराज अधिकारी अनेमसंघको केन्द्रीय सदस्य बिमला कार्की थपलिया, बागमती प्रदेश कमिटीका सदस्यहरू पवित्रा मुडभरी, गंगा अधिकारी, मेनका खाती लगायत उपस्थित रहनुभएको थियो ।

प्रकाशित मिति : March 28, 2021 at 1:25 pm