१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित

१२ चैत, काठमाडाैँ । नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित हुनुभएको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियान अन्तर्गत साहलाई सम्मान गरेको हो । बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो ।

शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनु भएको थियो । सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धीहरु बताउनुभएको थियो । बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र ५ जना महिला विद्यार्थीहरुलाई छात्रवृति दिने घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : March 25, 2021 at 5:46 pm