ओछ्यानसहित वेपत्ता झा दम्पत्तीको शव भेटियाे
१२ चैत, काठमाडाैँ । एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पत्तीको शव बिहिबार फेला परेको छ। प्रहरीले महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको जनाएको छ। उनिहरूकाे शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको हाे । शव मृतकका छोरा र भतिजाले सनाखत गरेका हुन्। मृतकहरूकाे अपहरण र हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो। बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।
प्रकाशित मिति : March 25, 2021 at 2:54 pm



