४० वर्ष भारतकाे जेलमा बसेर नेपाल फर्किएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता
१२ चैत, काठमाडौँ । ४० वर्ष भारतकाे जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र उपलब्ध गराएका हुन्।

प्रकाशित मिति : March 25, 2021 at 12:44 pm



