१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

मोटरसाइकल दुर्घटना हुँदा झापामा १ जनाकाे मृत्यु

१२ चैत, दमक । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।


दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते हुुनुभएका उहाँको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
छ ।

प्रकाशित मिति : March 25, 2021 at 12:13 pm