घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
११ चैत, काठमाडौँ । चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै बसेर मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले पछिल्लो केही दिनमा काेराेना संक्रमणको संख्या बढ्दै गएकाेले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेका हुन् ।

साथै सरकारले काेराेना संक्रमितकाे संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएका छन् ।
प्रकाशित मिति : March 24, 2021 at 5:29 pm



