पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि
१० चैत्र, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १८८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ
प्रकाशित मिति : March 23, 2021 at 4:51 pm



