पर्यटनमन्त्री ढकालद्धारा त्रिभुवन विमानस्थलको अनुगमन (फाेटाेफिचर)
८ चैत, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल त्रिभुवन विमानस्थलको आकस्मिक अनुगमन गर्नुभएकाे छ । विमानस्थलमा अहिले विभिन्न भौतिक पूर्वाधार निर्माणको काम जारी छ ।
त्यसक्रममा यात्रुले निर्माणको काम गर्दा व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो गरेका थिए । मन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजाेरी सुधारका लागि सात दिनकाे समय दिँदै पुन अनुगमनमा आउने बताउनुभएकाे छ ।

अनुगमनमा मन्त्रालयका सचिव यादवप्रसाद काेइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाेखरेल र साे विमानस्थलका प्रमुख प्रतापबाबु तिवारी पनि सहभागी हुनुहुन्थ्याे ।


प्रकाशित मिति : March 21, 2021 at 7:28 pm



