११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रधानमन्त्री ओलीले दिनुभयाे राष्ट्रिय झण्डासहित आरोही शेर्पालाई दुई हिमाल आरोहणको शुभकामना

८ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोही माया शेर्पालाई अन्नपूर्ण र धवलागिरि हिमाल सफल आरोहणको कामनासहित बिदाइ गर्नु भएकाे छ । सगरमाथासहित पाँच उच्च हिमशिखरको सफल आरोहण गरिसकेकी मायालाई  प्रधानमन्त्री ओ‌लीले राष्ट्रिय झण्डा दिएर बिदाइ गर्नु भएकाे हाे ।

‘सगरमाथासहित पाँच उच्च हिमशिखरको सफल आरोहण गरिसक्नुभएकी आरोही माया शेर्पालाई अन्नपूर्ण र धौलागिरि हिमालको सफल आरोहणका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेख्नुभएकाे छ ।

प्रकाशित मिति : March 21, 2021 at 5:14 pm