११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

आफ्नै दाजुबाट बेचिएका १ जना १० वर्षपछि नेपाल फर्किए

८ चैत, काठमाडाैँ । चार कक्षामा पढ्दा आफ्नै दाजुबाट बेचिएका १ जना  १० वर्षपछि भारतबाट नेपाल फर्किएका छन् । कृष्ण कार्की नाम बताउने १९ वर्षीय ती युवा सुर्खेत आइपुगेका हुन् । वीरेन्द्रनगर लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालयमा ४ कक्षामा पढ्दै गर्दा दाजुसँगै भारतको दिल्ली गएको उनले बताए ।

‘कृष्ण लाटीकोइलीस्थित खगेन्द्र कार्कीको घरमा बसिरहेका कृष्णको परिवारसँग भने सम्पर्क भएको छैन । कृष्णले बाजेको नाम गोपाल कार्की, बाबु गणेश कार्की, आमा धौली कार्की  भएको बताउँदै आएका छन् । यस्तै उनका परिवारमा भाइ किशोर कार्की र बहिनी कल्पना कार्की रहेकाे बताएका छन् ।

भारतीय दूतावासको सहयोगमा काठमाडौँ आएका उनी काठमाडौँको चावहिलस्थित बालसुधार गृहमा केही दिन बसे । सुर्खेत ८ लाटीकोइली, पहाड घर दैलेख बताएपछि उनलाई महेन्द्रनगर हुँदै सुर्खेत ल्याइएको हो ।

प्रकाशित मिति : March 21, 2021 at 2:34 pm