काठमाडौँको दक्षिणकालीमा भेटिएका शव नुवाकाेटका अर्जुन र काभ्रेका मंगलकाे भएकाे खुलासा
६ चैत, काठमाडाैँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शवकाे पहिचान खुलेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार शव नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको रहेकाे पुष्टि भएकाे हाे ।
नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे विद्यार्थी हुन भने काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनिहरूकाे शव शुक्रवार खहरेस्थित जंगलमा फेला परेको थियो । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो ।

प्रहरीले उनीहरू दुवैजना साथी भएकाे बताएकाे छ । उनीहरुकाे मृत्युको कारणबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु बिहिबार बिहान १० बजेबाट हराएका थिए । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।
प्रकाशित मिति : March 19, 2021 at 5:06 pm



