११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल सिफारिस

६ चैत, काठमाडाैँ । सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो । अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुनुहुन्छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति : March 19, 2021 at 3:25 pm