११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

धादिङमा खाल्डोमा लडेकी महिलालाई जिउँदै पुर्ने डोजर चालक बुढाथोकी भारतबाट पक्राउ

६ चैत, काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुर्ने १ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई भारतबाट पक्राउ गरेको हो ।

फागुन १७ गते दिउँसो डाेजलले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी सरस्वती कुमाललाई खाल्डो खनेर जिउँदै पुरिएको थियाे । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।

प्रकाशित मिति : March 19, 2021 at 2:22 pm