११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

६ चैत, काठमाडाैँ । मस्तिष्कघात भइ उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयाे ।

उपप्रधानमन्त्री पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराउनु भएकाे हाे । जोशीलाई भेन्टिलेटरमा राखिर उपचार भइरहेकाे र उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ । जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो।

प्रकाशित मिति : March 19, 2021 at 11:40 am