एमालेको सच्चा कार्यकर्ता बनेर पार्टीलाई एक ढिक्का बनाउन लागाैँः नेता तामाङ
४ चैत, काठमाडाैँ । पूर्व मन्त्री एवम् नेकपा एमाले केन्द्रिय सदस्य शेर बहादुर तामाङले नेकपा एमालेको सच्चा कार्यकर्ता बनेर पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिनुभएको छ । तामाङले सर्बोच्चले नेकपा एमाले ब्युताएकाले अब पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको काधमा आएको उल्लेख गर्दै अब झिनामसिना काममा अल्झेर बस्न नहुने बताउनुभयो । देशले समृद्धि खोजेको उल्लेख गर्दै तामाङले अब एक भएर पार्टिका गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

भेलामा बागमति प्रदेशको अर्थ समितिका सभापति एवम् एमालेका नेता सरेश नेपालले अझै पनि एमाले विभाजन गर्न केहि तत्वहरु लागिपरेको भन्दै एमाले विभाजन गर्ने दिजा सपना नदेख्न चुनौति दिनुभयो । उहाँले पार्टीलाई एकताबद्ध र अनुशाशीत तरिकाले अगाडि बढाउन छाडेर पार्टि अध्यक्ष सँग सल्लाह नगरि गुटगत भेला गर्दै केहि नेता हिडेको भन्दै एमाले पार्टिको लागि त्यस्तो गतिविधि स्विकार्य नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण देउजाले केपि वलि घर बनाउन लाग्दा पार्टिका अरुनेताहरु विगार्न तर्फ अग्रसर भएको बताउदै अब पार्टिलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा एमालेका नेता हस्त पण्डितले एमाले पार्टिको माया धरै भएको बताउदै अब एमालेले आफ्नो गतिविधिहरु सक्रिय रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । मेलम्चीमा भएको भेलामा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अशोक चौलागाई,पहिला नेत्री उमा प्रधान लगायत नेताहरुले आफ्नो भनाइ राखेको नगरकमिटि अध्यक्ष विजयकृष्ण श्रेष्ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 17, 2021 at 8:32 pm



