सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते
३ चैत, काठमाडौँ । सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकाे छ । घटनामा ७ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो ।
वर्ष ६५ का रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उहाँका छोरा दुई वर्षका मनिष श्रेष्ठको मृत्यु भएको उहाँले जानकारी दिनुभयाे ।

सिन्धुलीकाे कमलामाई नपा करङडाँडामा भएकाे साे दुर्घटनामा घाइते भएकाहरूका सिन्धुली र धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ । बा १११७ च नम्बरकाे बलेराे सडकबाट ५० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : March 16, 2021 at 7:26 pm



