११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते

३ चैत, सुदूरपश्चिम । कैलालीको टीकापुर नगरपालिका–१ निवासी जीवन विष्टको भान्सा घरमा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा चार घाइते भएका छन् ।

ग्यास जडान गर्ने क्रममा आज भएको आगलागीबाट ३० वर्षीय निज विष्टसहित उहाँकी पत्नी २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र सोही वडाको विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो ।

फाइल फाेटाे

घाइतेमध्ये जीवन विष्ट र हरी चौधरीको अवस्था गम्भीर छ । अन्य दुईको अवस्था समान्य छ । घटनामा घाइते हुनेलाई तत्काल टीकापुर अस्पतालमा पु¥याइएकोमा थप उपचारका लागि कोहलपुर लगिएको छ ।

प्रकाशित मिति : March 16, 2021 at 5:58 pm