प्रचण्डले लड्डु खुवाएका माधव नेपाललाई बालुवाटारमा चिया पिउन ओलीको निम्तो
१ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको एक होटलमा लड्डु खुवाएका एमालेका नेता माधवकुमार नेपाललाइ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चिया पिउन निम्तो दिएका छन । प्रधानमन्त्री ओलीका तर्फबाट उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले माधवकुमार नेपालसहित एमालेका केन्द्रीय कमिटीका नेताहरूका लागि चिया पिउने निम्ता दिएका छन ।

संसद पुनस्थापना भएको खुशीयालीमा प्रचण्डको हातबाट लड्डु सेवन गरेका नेपाल सर्वोच्चको आदेशबाट पूर्व एमाले व्यूतिएपछि निकै तनावमा छन । ओली माथिको हमला सफल भएको ठानेका नेपाल अदालको पछिल्लो आदेशबबाट विचलित बनेका छन । ओलीले चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकलाइ लक्षित गरेर अनौपचारिक छलफलका लागि केन्द्रीय कमिटीका सदस्यहरूलाइ चिया पिउन निमन्त्रणा दिएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : March 14, 2021 at 8:37 pm



