११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सिरहाकाे लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट

१ चैत, काठमाडाैँ । सिरहाको लहानमा बम बिस्फोट हुँदा ६ जना घाइते हुनुभएकाे छ । आइतबार दिउँसो लहानको मालपोत कार्यालयनजिक बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप घिमिरेले जानकारी दिनुभयाे ।

विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते हुनुभएकाे छ। अरु चारजना सामान्य घाइते हुनुभएकाे छ । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ । विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । आगो निभाउन लहान नगरपालिकाकाे वारुण यन्त्र घटनास्थल पुगेको र  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 14, 2021 at 1:54 pm