फोहोर रोकेर प्रचण्डको घरबेटीलाई कारबाही गर्न माग
२१ मंसिर, काठमाडाैँ । काठमाडौँ-नुवाकोट-रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु(रानीपौवा खण्डको कालोपत्रेको काम रोकेका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी बदनाम ठेकेदार शारदाप्रसाद अधिकारीलाइ कारबाहीको माग गर्दै पीडित उपभोक्ताले काठमाडौँको तिनपिप्लेमा फोहोरका सवारी रोकेर बिरोध जनाउने भएका छन । उनीहरूले आइतबार बिहान ८ बजे तिनपिप्लेबाट फोहोराका सवारी नुवाकोट प्रवेश गर्न नदिने जनाएका छन ।
बिरोध कार्यक्रमा सांसददेखि सरकारी अधिकारीसमेत सहभागी हुँदैछन । प्रचण्डको संरक्षणमा बाटो भत्काएर नबनाइ बसेका ठेकेदार अधिकारीले सरकारले जेल हाल्ने चेतावनी दिएपछि एक साता काम गरेका थिए तर पछि रोकेपछि स्थानीय र उपभोक्ता आक्रोशित बनेका छन । झण्डै एक दशकदेखि अलपत्र पारेको काठमाडौँ-नुवाकोट-रसुवाको पासाङ ल्हामु राजमार्गको बालाजु-रानीपौवा खण्डको कामले अझै गलि लिन पाएका छैनन् ।

सडक भत्काएर बाटो बिगिरीदिँदा समयमै अस्पताल पुग्न नपाएर दर्जनौँ बिरामीले ज्यान गुमाउन बाध्य भएका छन । सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग नुवाकोटका सबै सांसदले मन्त्रालयमै पुगेर सडक निर्माणको सुस्तता हटाइदिन अनुरोध गरेपछि यसअघि उक्त सडकको आयोजना प्रमुख भएर प्रचण्डका घरबेटीसँग कमिसन खाएर कुनै ताकेता समेत नगरी बसेका निरज शर्माको सरूवा भएको थियो ।
प्रकाशित मिति : March 14, 2021 at 7:46 am



