डोजरले जिउँदै पुरिदिएकी धादिङकी सरस्वतीका परिवारलाई २५ लाख क्षतिपूर्ति र छोरालाई जागिर
२७ फागुन, काठमाडाैँ । डोजरले जिउँदै पुरिदिएकी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ सल्यानटारकी सरस्वती कुमालको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति र गाउँपालिकामा छाेराले जागिर पाउने भएका छन् । फागुन १७ गते घाँस बोकेर आउँदै गरेकी कुमाललाई डोजरले जिउँदै खाल्टो खनेर पुरि दिएकाे थियाे ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाका अनुसार मृतक कुमालका परिवारले कानूनबमोजिम पाउने ५ लाख, सडक आयोजनका तर्फबाट १० लाख र डोजर साहुका तर्फबाट १० लाख गरी जम्मा २५ लाख पाएका हुन् । साथै मृतक कुमालका छोरालाई गाउँपालिकाले रोजगारी पनि दिनेको छ । ‘परिवारसँगको छलफलमा छोरालाई गाउँपालिकामा रोजगारी र २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ,’ अध्यक्ष थापाले भने, । साथै ‘फरार रहेका डोजर ड्राइभरको खोजीका लागि पनि प्रहरी प्रशासनलाई दबाब दिइरहेकाे अध्यक्ष थापाले बताए ।
प्रकाशित मिति : March 11, 2021 at 3:16 pm



