११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

दैलेखको आठबिसकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

२७ फागुन, काठमाडौँ । दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  भने १६ जना घाइते भएका छन् । कालीकोटबाट सुर्खेतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हाे ।

दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोकाे साविक भर्ती गाविस वडा नम्बर ९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् । घाइते भएका १६ जना मध्ये ७ जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : March 11, 2021 at 1:39 pm