पूर्वमन्त्री जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै
२५ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । स्वास्थ्य अवस्थामा गम्भीर भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैँले आठ/दश पटक सास फेरिरहनुभएको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।

मस्तिष्काघात हुँदा रक्तश्राव भइ उहाँको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मङ्गलवार उहाँको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताउनुभयो ।
प्रकाशित मिति : March 9, 2021 at 5:00 pm



