कर्णाली नदीमा बेपत्ता ४ जनाकाे शव भेटियो, एकजना अझै बेपत्ता
२५ फागुन, काठमाडौँ । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका ५ जनामध्ये ४ जनाको शव भेटिएको छ । भने एकजना अझै बेपत्ता छन । दैलेख आठबीस नगरपालिका-३, निमाइल बस्ने मानसिंह बडुवालकी छोरी १२ वर्षीया सरिता बडुवाल, १४ वर्षीया छोरी कल्पना बडुवाल, उनकी श्रीमती ३५ वर्षीया श्रीमती सुखी बडुवाल र १० वर्षका छोरा ललित बडुवालको शव भेटिएको प्रहरीले जनाएको छ।

आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा मंगलबार दिउँसो १२ बजेतिर भेटिएको हो । ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ ।
प्रकाशित मिति : March 9, 2021 at 2:31 pm



