११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कोमल ओलीले दायर गरिन रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा

२५ फागुन, काठमाडौँ । राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध जिल्ला अदालतमा मुद्धा हालेकी छन् । वलीले कानून व्यवसायीसँग परामर्श गरेपछि मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

पन्तले केही दिनअघि एउटा कार्यक्रममा बोल्दै वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए । पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ ।

प्रकाशित मिति : March 9, 2021 at 12:23 pm