११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

माझण्ड समूहकाे बैठकः एमाले र माओवादी अलग हुने निर्णय

२४ फागुन, काठमाडाैँ । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिनुभयाे ।

उहाँले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताउनुभयाे । औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्कनुभएका खनालले  सर्वोच्चको निर्णय भने मानेर जाने बताउनुभयाे ।

प्रकाशित मिति : March 8, 2021 at 7:30 pm