प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन
२३ फागुन, काठमाडाैँ । प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका छन् । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको हाे । महासचिवले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरुले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् ।

महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अञ्जना विशंखेले जानकारी दिइन । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।
प्रकाशित मिति : March 7, 2021 at 2:46 pm



