११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडौँ आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप

२१ फागुन, काठमाडाैँ । कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ । पहिलो चरणको उक्त खाेप  आइतबार बिहान टर्किस एयरलाइन्सद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

प्रकाशित मिति : March 7, 2021 at 1:22 pm