२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

भारतका लागि कम्फर्टेबल सरकार बनाउने घोषणा गरेका प्रचण्डहरू आज निर्वाचन आयोग नजाने

२० फागुन, काठमाडाैँ । एउटा टेलिभिजनको पत्रकारलाइ घरमै बोलाएर भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेको घोषणा गरेका नेकपाको माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता नागरिकता बोकेर निर्वाचन आयोग जाने कार्यक्रम स्थगित भएको छ । अहिले परिसडाँडाँमा बसेर नागरिकता संकलन गरिरहेका नेताहरू केहीबेरमा आयोग जाने तयारी गरेको भए पनि सोही समूहका केन्द्रीय सदस्य विष्णु रिजालले आज जाने कार्यक्रम नरहेको बताएका छन । उनीहरू केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्रसहित आयोग जाने तयारीमा रहेका थिए ।

प्रकाशित मिति : March 4, 2021 at 1:24 pm