११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रचण्ड र नेपालले लगाए कोरोनाविरुद्धको खोप

१९ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज बिहान काेराेना खोप लगाउनुभयकाे छ ।मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उहाँहरूले कोरोनाविरुद्धको पहिलो खोप लिनुभएको हो ।

त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : March 3, 2021 at 1:01 pm