११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

१९ फागुन, काठमाडाैँ । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान दुई पक्षबीच वार्ता भएको हो । वार्तामा दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका सदस्यले बताए ।


वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

प्रकाशित मिति : March 3, 2021 at 11:20 am