११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता शुरु

१९ फागुन, काठमाडाैँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाबीच बालुवाटारमा औपचारिक वार्ता शुरू भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच वार्ता शुरु भएको छ ।

वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौँ आएको थियो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार रहेका छन् । भने विद्रोही नेकपाका तर्फबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने रहेका छन् ।

प्रकाशित मिति : March 3, 2021 at 9:58 am