पूर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक
१८ फागुन, काठमाडाैँ । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ । मंगलवार बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो ।

हरिप्रसादका चार छोरा र तीन छोरी रहेका छन् ।
प्रकाशित मिति : March 2, 2021 at 6:56 pm



