११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ताप्लेजुङ घटनाप्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त, राहत र पुनस्थापनाका निम्ति ध्यानाकर्षण

१८ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा लागेको आगोले पुर्याएको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ । मंगलबार दिँउँसो समाजिक सञ्जाल ट्वीटर मार्फत राष्ट्रपति भण्डारीले राहत र पुनस्थापनाका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट चार दर्जनभन्दा बढी घरसहित ठूलो मात्रमा धनमालको क्षति भएको खबरले मलाइ दुःखी तुल्याएको छ । आगलागी प्रभावितहरूका लागि यथाशिघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सम्वद्ध पक्षको ध्यान आकृष्ट गर्दछु । हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचना विकास गर्नुपर्ने खाँचो महशुष गरेको छु ।’

अहिले आगो थप फैलिनबाट रोकिएको छ । मंगलबार बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो क्रमशः नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो लाग्नबाट रोकिएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको बताइएको छ ।

प्रकाशित मिति : March 2, 2021 at 3:33 pm