११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नीलगाईको आक्रमणबाट चितवनमा १ जनाकाे मृत्यु

१७ फागुन, चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फाइल तस्वीर

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : March 1, 2021 at 5:19 pm