राष्ट्रपति भण्डारीद्धारा नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा गेहेन्द्र राज भण्डारी नियुक्त
१७ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राज भण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : March 1, 2021 at 2:24 pm



