११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, छिट्टै ट्युमरको अपरेसन गर्न सुझाव

१७ फागुन, काठमाडाैँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली जानु भएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली जानु भएकाे भट्टराईकाे  विभिन्न परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।

तर ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव छ । छिटै ट्युमरको अपरेसन नगरे क्यानसर हुनसक्ने डा. प्रोफेसर विक्रम भाटियाले बताएका छन् । भट्टराईले फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिइ रहनु भएकाे छ । भट्टराई स्वास्थ्य परीक्षण सकेर मंगलबार स्वदेश फर्कदैँ हुनु हुन्छ ।

प्रकाशित मिति : March 1, 2021 at 10:54 am