११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक, ग्लोबल पिस इन्डेक्समा तीन स्थान माथि उक्लियो

१७ फागुन, काठमाडाैँ । नेपालले शान्ति र अमचयनको अवस्थामा उल्लेख सुधार गरेको छ । नेपाल ‘ग्लोबल पिस इन्डेक्स’ मा तीन स्थान माथि उक्लिएको छ

ग्लोबल पीस इन्डेक्स सन् २०२० मा नेपालको अवस्था निकै राम्रो सुधार भै ७३ औँ स्थानामा रहेको छ । विश्वव्यापी रुपमा शान्त देशको सूचीमा नेपाल ७३ औँ स्थानमा परेको हो । यसअघि २०१९ मा विश्वव्यापी रुपमा शान्त देशको सूचीमा ७६ औँ नम्बरमा रहेको थियो ।

इन्डेक्सका अनुसार नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक भएको छ । अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकमध्ये नेपाल शान्त मुलुक देखिएको हो । यो सूचीमा पहिलोमा भुटान पहिलो स्थानमा रहेको छ ।

प्रकाशित मिति : March 1, 2021 at 8:05 am