११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

विप्लव समूहसँग चाँडै वार्ता हुन्छः प्रधानमन्त्री ओली

१६ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताउनु भएकाे छ । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षामा चुनौती मानिएको विप्लव समूहसँग छिट्टै वार्ता हुने बताउनु भएकाे हाे ।

‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समूहको समस्याको पनि छिट्टै वार्ताद्वारा समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ,’ ।

प्रकाशित मिति : February 28, 2021 at 4:26 pm