११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

१४ फागुन, गोरखा ।  बारापाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । दशवर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । “जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको छ”, उहाँले भन्नुभयोे, “जनयुद्ध र ०६२/६३ को जनआन्दोलनको जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकाले वास्तविकतालाई मनन गर्न गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।”

गाउँसभाको आठौँ बैठकले प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । यसैबीच रम्तेलको २५ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले गोरखामा स्मृतिसभाको आयोजना गरेको छ ।

प्रकाशित मिति : February 26, 2021 at 12:58 pm