११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ओली समूहको स्थायी समिति बैठक स्थगित

१३ फागुन, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसहित नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयाे । पार्टीको भावी रणनीतिबारे अन्य पक्षसँग  छलफल गर्नुपर्ने भएकाले स्थायी समिति बैठक स्थगित गरिएकाे हाे।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै फागुन १३ गते भित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : February 25, 2021 at 10:37 am