प्रतिनिधिसभा पुनर्स्थापित हुँदैमा ठूला गफ गर्नुको तुक छैन, विदेशीसँग चोचोमोचो छोड्नुहोस
१२ फागुन, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले प्रतिनिधि सभा पुनर्स्थापित हुँदैमा धेरै ठुलठुला गफ गर्नुको तुक नरहेको बताएका छन । जनतालाइ भन्दा बढी विदेशीलाइ र विचारलाइ भन्दा झोलेलाइ विश्वास गर्ने नेताहरूको प्रवृतिप्रति खबरदारी गर्दै संग्राैलाले विदेशीसँग चोचोमोचो छोड्न अनुरोध गरेका छन ।

नेकपाको माझण्ड समूहका नेताहरूले चुनाव जितेजस्तै गरी उत्सव मनाइरहेको सन्दर्भमा संग्राैलाले चार बुँदामा खबरदारी गर्दै सुझाव दिएका छन । संग्राैलाको सुझाव जस्ताको त्यस्तै तल हेर्न र पढ्न सक्नुहुन्छ ।
प्रतिनिधि सभा पुनर्स्थापित हुँदैमा धेरै ठुलठुला गफ गर्नुको तुक छैन।
१. के नेताहरु जनतालाइ बिश्वास गरेर बिदेशीलाई बाहेक गर्दै, सत्ताको राजनीति गर्न बन्द गर्नुहुन्छ ?
२. बिगतमा गरेका एक होइन अनेक गल्तीको लागि माफी माग्नु हुन्छ ? मेरो समर्थन संबिधान र कानुनलाई गोल खेल्न पाइन्न्न भन्ने कुरामा थियो।
३. आज जुन स्तरको भ्रष्टाचार भैरहेको छ, जसरी आज पदका लागी एता भोलि पदका लागी उता गर्ने नैतिक हिन मानिसको जग्जगी छ, जसरी माफियाहरु नेताका कोठामा पुगेका छ्न, जसरी मन्त्री हुनका लागी नैतिकता छोड्नेको तांती छ तेस्का विरुद्ध लड्नु हुन्छ। अन्यथा किन तपाईंहरुलाइ बिश्वास गर्ने?
४.के अब पनि झोला मात्र बोकेर फल झर्लान भनी आस गर्ने ले नै राजनीतिको ठेक्का लिने ? के बिचारलाई बोक्न र झोलेलाई रोक्न सक्नु हुन्छ।
सबै नेताले संम्पती कति छ र छोराछोरी कांहा छन बहिर ल्याउनुहोस।बिदेशी सङ्ग चोचोमोचो छोड्नु होस।तब मात्र जनताको बिश्वास हुनेछ। फैसलालाई केबल भरयाङ्ग नहेरियोस।
प्रकाशित मिति : February 24, 2021 at 8:02 am



