राष्ट्रपति र जापानी राजदूतबीच बिदाइ भेट
११ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : February 23, 2021 at 5:36 pm



