११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सवारी दुर्घटनाका घाइतेको उद्धारमा आफैँ खटिए प्रदेश प्रमुख राजेश झा

११ फागुन, काठमाडाैँ । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएका चारजना सर्वसाधारणको उद्धार गरेका छन्।

आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा दुर्घटनामा परेर  सडकमा छटपटाइरहेका चारजनालाई झाले उद्धार गरेका हुन् । जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख  झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरि आफ्नै सुरक्षामा खटेका एक सुरक्षाकर्मीको जिम्मा दिएर उपचारका लागि अस्पताल पठाएका हुन्।

प्रकाशित मिति : February 23, 2021 at 12:59 pm