११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रधानमन्त्री ओलीद्धारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

१० फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले सोमबार औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर शिलान्यास गर्नुभएकाे हाे । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएकाे हाे । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुनेछ ।

औद्योगिक क्षेत्रको डीपीआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुनेछन् । जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।

प्रकाशित मिति : February 22, 2021 at 3:15 pm