गोरखाको बारपाकमा एकै घरमा सुतेका तीन जना मृत भेटिए
१० फागुन, काठमाडाैँ । एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उनको भनाइ छ ।
महामारीका कारण यहाँको घरवास पनि प्रभावित भएको होमस्टेका सचिव प्रेमबहादुर पुनले जानकारी दिनुभयो । “कोरोनाको कहरले हाम्रो होमस्टेलाई पनि नराम्रोसँग प्रभावित गर्यो, आगामी दिनमा पुनः यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । प्राकृतिकरूपमा सुन्दर धार्मिक पर्यटकीय गन्तव्यका साथै विभिन्न जातजातिका संस्कृतिलाई यहाँको पर्यटकीय विकासमा भरपुर उपयोग गरिने उहाँले बताउनुभयो ।

प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिका लागि यहाँका स्थानीयवासीले देखाएको सक्रियता प्रशंसायोग्य भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष अधिकारी बताउनुहुन्छ । ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताउँदै उहाँले स्थानीयवासीको जागरुकता भएमा यहाँको विकासका हरेक पक्षमा आफूहरूले साथ र सहयोग गर्ने बताउनुभयो । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवद्र्धन कार्यक्रमसहित एक महिना अघि ब्युहूँकोटमा पुगेको बताउँदै उहाँले उक्त क्षेत्रको पर्यटकीय सम्भावना धेरै पाइएको उल्लेख गर्नुभयो ।
“प्रकृति र संस्कृति नै गाउँ पर्यटनका प्रमुख आधार हुन्, यिनीहरूको उपयोगबाटै गाउँ पर्यटनको विकास सम्भव छ”, उहाँले भन्नुभयो, “स्थानीय जागरुकतासँगै राज्यको साथ र सहयोग भएमा नेपालका धेरै गाउँ पर्यटकीयरुपमा विकास हुने प्रचुर सम्भावना छ ।”
प्रकाशित मिति : February 22, 2021 at 1:01 pm



